Ticker

6/recent/ticker-posts

ट्रकको ब्रेक फेल हुँदा एकको मृत्यु, ९ घाइते

काठमाडौं, चैत । काठमाडौंको गुर्जुधारामा डरलाग्दो सडक दुर्घटना भएको छ। थानकोटतर्फबाट आउँदै गरेको ना ३ ख ९७७३ ट्रक अनियन्त्रित भइ  दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
ट्रकले मोटरसाइकल, ट्याक्सी लगायतका चारवटा सवारीहरुलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । बा १ ज ७९६७ नम्बरको ट्याक्सी, अनि ट्रकलाई ठक्कर दिएको थियो ।
थानकोट वृत्तका डिएसपी कृष्ण पंगेनीका अनुसार काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले ठक्कर दिएको जानकारी दिए। दुर्घटनामा अन्य ९ जना घाइते बनेका छन्। घाइतेहरुको ब्योधा र ओम समाज अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केहीबेर सडकसमेत अवरुद्ध बनेको थियो। अहिले अवस्था सामान्य बनेको र सडक सुचारु भएको प्रहरीले जनाएको छ।

ट्रकको ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य थालिएको पनि प्रहरीले जानकारी दिएको छ।

Post a Comment

0 Comments