Ticker

6/recent/ticker-posts

दिल्लीमा गृहमन्त्री निधिको उच्चस्तरिय भेटवार्ताः सबैलाई समेट्न भारतको सुझाव

काठमाडौ,चैत ।
संविधान संसोधन विधेयक स्थानीय चुनावपछि कि अघि पारित गर्ने भन्ने विवाद चलिरहेको बेला भारतीय नेताहरुले मधेसवादी दलहरुलगायत सबैलाई सेटेर निर्वाचनमा जान उपयुक्त हुने सुझाव दिएका छन् ।
हाल भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा उनीहरुले वर्तमान सरकारले सबैलाई समेटेर अगाडि जान पहल गर्नुपर्ने सुझाएका हुन् ।
आतंकवाद नियन्त्रणसम्बन्धी एक सम्मेलनमा भाग लिन दिल्ली आएका निधिले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।दिल्ली बसाईका क्रममा गृहमन्त्री निधिले उच्चस्तरिय भेटवार्ता गर्ने तय भईसकेको थियो ।

Post a Comment

0 Comments