Ticker

6/recent/ticker-posts

विश्व चर्चित क्रिकेट खेलाडी नेपाल आउँदै

काठमाडौ, चैत ।
विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच  हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले नेपाली टोलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् ।
नेपाल र श्रीलंकाबिच दौत्यसम्बन्धको ६० औं बर्षगाठको अवसरमा हुन लागेको प्रतियोगामा श्रीलंकाका विश्वचर्चित खेलाडी समावेश लंकन लायन र नेपाली राइनोजबिच खेल हुन  लागेको हो ।
आगामी बैशाख १४, १६ र १८ गते त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमामा हुने खेलमा श्रीलंकाको राष्ट्रिय टोलीका खेलाडीहरु उपुल थारङगा, रंगना हेराथ,दिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादाराले लंकन लायनबाट खेल्नेछन् । यस्तै श्रीलंकाका पूर्व खेलाडी सनथ जयसुर्या, चामिन्दा भास, रोमेस कालुविथर्ना, उपुल चन्दनालगायतका खेलाडीले पनि गोरखाज राइनोजसँग खेल्नेछन् ।
प्रतियोगिताबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले विश्वचर्चित खेलाडीसँग नेपाली मैदानमै खेल्न पाउने भएकाले उनीहरुबाट आफूहरुले धेरै कुरा सिक्ने मौका पाउने र नेपालले पनि ठुला प्रतियोगिता गर्न सक्ने रहेछ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने बताए ।
श्रीलंकाको कप्तानी अरविन्द डि सिल्भाले र नेपाली राइनोजको कप्तानी पारस खड्काले गर्नेछन् ।

Post a Comment

0 Comments