Ticker

6/recent/ticker-posts

विश्वका अर्बपतिहरुको सूची सार्वजनिक, नेपालका विनोद चौधरी १५६७ औं स्थानमा

काठमाडौ, चैत ।
अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी पनि पर्न सफल भएका छन् ।
चौधरी ग्रुपका अध्यक्ष चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १५६७ औं स्थानमा छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो ।
सन् २०१५ मा पनि उनको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो । चौधरी पहिलो पटक २०१३ मा विश्वका अर्बपतिहरुको सूचीमा परेका थिए । यो वर्ष अर्बपतिहरुको सूचीमा २०४३ जना छन् । पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स छन् । माइक्रोसफ्टका सह–संस्थापक उनको सम्पत्ति ८६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।

Post a Comment

0 Comments