Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,२३ फागुन ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको हो । एथ्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यानले दुई तथा केविन गामेइरोले एक गोल गरे ।
१० औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको एथ्लेटिकोका लागि ४८ औं मिनेटमा गामेइरोले अर्को गोल गरे । ८३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि एथ्लेटिको मड्रिड ३–० ले विजयी भयो । जितपछि एथ्लेटिको चौथो स्थानमा उक्लिएको छ ।
उसको २६ खेलबाट ४९ अंक भएको छ । एथ्लेटिको शीर्ष स्थानको बार्सिलोना भन्दा ११ तथा दोस्रो स्थानको रियल मड्रिड भन्दा १० अंकले पछि छ । अघिल्लो खेलको क्रममा टाउकोमा चोट लागेर अस्पताल भर्ना भएका फर्नान्डो टोरेस अहिले घरमा आराम गरिरहेका छन् । उनले भ्यालेन्सियासँगको खेल दर्शकदीर्घामा बसेर हेरेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply