Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन



काठमाडौँ, चैत १२ । 
नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुकमा निष्ठाको राजनीति गर्ने राजनीतिक दलहरुको कमी हँुदै गएको बताउनुभएको छ । अध्यक्ष ओलीले राजनीतिक दलहरु निष्ठावान, नैतिकवान, कर्तव्यनिष्ट र मुलुकको भलोका लागि दत्त चित्त हुनुपर्नेमा छोटो समयमै शक्ति आर्जन गर्ने मनसायले उद्धत हुँदै गएको बताउनुभयो । प्राध्यापक डाक्टर भिष्मराज प्रसाईको जीवनी सार्वजनिक समारोहलाई राजधानीमा आज सम्बोधन गर्दे अध्यक्ष ओलीले राजनीतिक दलहरु असंबैधानिक र गैह्कानुनी बाटोमा हिडेको आरोप लगाउनुभयो । मधेसवादी दल तर्फ इंकित गर्दै अध्यक्ष ओलीले जाहेज कुरा गरौ न भन्दा नमान्ने, संबैधानिक र कानुनी बाटो भन्दा भिन्न अनसन र हड्ताल मार्फत शक्तिशाली बन्ने होडमा दलहरु हिडेको बताउनुभयो । प्राकृतिक स्रोत र साधनले सम्मन्न मुलुकको समुज्जल भविष्य आफुले देखेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि दीर्घकालिन लक्ष्य सहितको सकारात्मक सोच आवश्यक रहेको बताउनुभयो । आफुलाई प्रधानमन्त्री बन्ने रहर नरहेको भन्दै ठट्यौली शैलीमा प्रस्तुत हुनुभएका ओलीले एमाले नेतृत्वको सरकारले मात्रै नेपालको सम्मुन्नत विकासको लागि योगदान पुर्याउने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले स्वास्थ्य, सुरक्षा लगायतका निकायमा राजनीतिक हस्तक्षप हुने गरेका समाचार आउने गरेको भन्दै सबै निकाय राजनीतिबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply