Ticker

6/recent/ticker-posts

बाजुरावासीहरु रोजगारीका लागि भारतको भर पर्न छाडे

निमेन्द्र शाही,
बाजुरा, २० फागुन । कृषि कर्ममा लाग्न युवाहरूलाई उत्प्रेरणा जगाउने उद्देश्यले विभिन्न राहत तथा अनुदानका कार्यक्रमहरू बाजुरामा जिल्लामा सञ्चालनमा ल्याइएपछि तरकारी खेतीमा ग्रामीण बस्तीका युवा र अन्य कृषकको आकर्षण बढ्दै गएको छ । भारतमा लामो समय बसेर घर फर्केकाहरु पनि पछिल्लो समय तरकारी खेतीमा तनमनसहित लाग्ने गरेका छन् । 

भारतमा लामो समय काम गरेका बाजुरावासीहरु आफ्नो जिल्ला सडक सञ्जालसंग जोडिएसंगै र बिभिन्न कार्यक्रमहरु आएपछि तरकारी खेतीमा आकर्षित बनेका हुन् । बिदेश गएर दुःख गरेको भन्दा बढी कमाई हुँने देखे पछि आफ्नै खेतबारीमा कुटो कोदालो गर्न उनीहरु व्यस्त हुन थालेका छन् । बाजुरा जिल्लामा गिफ्ट बाजुराको पहल कार्यक्रमले छ वटा गाउँ विकास समितिमा ५७ प्लाष्टिक घर, प्राबिधिक सहयोग र बिउँ सहयोग गरे पछि स्थानीयवासी थप हौसिएका छन् ।

तरकारी खेतीबाट हुँने फाईदा बुझेका कारण उनिहरु व्यवसायिक योजनाका साथ तरकारी खेतीमा लागेका हुन् । धान, गहुँ, कोदोबाट आम्दानी धेरै नहुँने भए पछि तरकारी खेतीतर्फ सबैको आकर्षण पनि बढेको पाइन्छ ।

विदेशबाट फर्केर आएकाहरुले गाउँमा व्यवसायिक खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि वरिपरिका अन्य छिमेकीले समेत तरकारी खेती सुरु गरेका छन्। त्यस्तै उदाहरण हुन् डोगडी गाउँ विकास समिति वडा नं पाँचका वीरबहादुर बुढा । उहाँले मासिक चालिस हजार जति तरकारी खेतीबाट कमाउँने गर्दै आएका छन् ।

बाजुराका गाउँमा पहिले तरकारी खेतीगर्ने प्रचलन थिएन तर अहिले हरेको घर घरमा तरकारी खान खेती सप्रिएको र फष्टाएको छ । ठूलो मात्रामा बाजुराका स्थानीय बजारमा स्थानीय तरकारीले धानेको गिफ्ट बाजुरा पहल कर्यक्रमका अधिकृत अजर्नु शाही बताउँछन् ।

हरेक बाजुरालीले वीरबहादुरको जस्तै मेहनत गर्ने हो भने बाजुरा बाहिरबाट आउने तरकारीको भर पर्नेु पर्ने थिएन । तर अहिले सबैले आफ्नै खेतबारीमा कुटो कोदालो चलाउन थालेपछि हरेक बर्ष भारत गएर काम गर्नेहरुको संख्यामा समेत कमी आउन थालेको छ ।
साभार न्यूज २४ 

Post a Comment

0 Comments