Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । यवस्थापिका–संसदको बुधबारको बैठकमा मोर्चाका सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका छन् ।  वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उनले दिए । साथै, उनले बैठकको बुधबारको कारबाही बहिस्कार गर्ने घोषणा पनि गरे ।
उक्त घोषणासँगै संघीय समाजवादी फोरम नेपाल, संघीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिए । सो बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे । सांसदहरू रेवतीरमण भण्डारी, प्रेम सुवाल, लोकमणि ढकालले समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराए ।
यसैबीच, मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी फोरमले सभामुख ओनसरी घर्ती मगर मार्फत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो । फोरम संसदीय दलका नेता अशोक राइले हस्ताक्षर गरेको पत्र दलका प्रमुख सचेतक शिवजी यादवले बुधबार सभामुखलाई बुझाएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ताको पत्र थमाउँदै प्रमुख सचेतक यादवले मोर्चाका अन्य दलहरुले पनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए । उपेन्द्र यादव नेतृत्वको फोरम नेपालका १५ सांसद छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply