Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कंञ्चनपुर, फागुन ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ ।
कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ ।
उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारबाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् । कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिजो साँझ एक भारतीय ट्याक्टरमा आगजनीसमेत गरेका थिए । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ । कैलाली र कञ्चनपुरमा ३–३ वटा सीमानाका छन् ।
कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गौतमको मृत्यु भएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply