Ticker

6/recent/ticker-posts

एमालेका कारण हुन सकेन मधेशी मोचासंग सहमति

काठमाडौ, चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जानुअघि बिहिबार भएको सरकार र मधेशी मोर्चाबीचको वार्ता सफल हुन सकेन । प्रधानमन्त्री प्रचण्डले विगतमा भएको छलफल तथा पछिल्लो पटक कार्यदलको बीचमा भएको छलफलका आधारमा  बिहिबार मोर्चासंग सहमति गर्ने  तयारीका साथ बैठकमा बोलाएका   थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले बिहिबार नै १० बजेसम्म भएपनि बसेर सहमतिमा हस्ताक्षर गरौं भनि प्रस्ताव नै गरेका थिए । तर एमालेले के के सहमति भएको छ, कार्यदलले के के गरेको छ, मधेशी मोर्चाको के माग रहेको छ, सरकारले के के दिन चाहेका छन् त्यसको बारेमा आफूहरुलाई केही पनि थाहा  नभएको बताउँदै अध्ययन नगरिकन त्यतिकै सहमतिमा नजाने बताएपछि वार्ता विफल  हुन पुगेको हो ।

Post a Comment

0 Comments