Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौ, फागुन । प्रतिपक्ष दल नेकपा एमालेले मेची–महाकाली अभियान पुनः सुचारु गर्ने भन्दै सुरक्षा दिन सरकारसंग माग गरेको छ । 

प्रधानमन्त्री निवाश बालुवाटारमा बुधबार प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुसंग छलफल गरी एमालले मेची–महाकाली अभियानलाई सुरक्षा दिन सरकारसंग आग्रह गरेको हो ।

बैठकपछि एमालेका उपाध्यक्ष वामदेव गौतमले सप्तरी घटनापछि तराईका जिल्लाहरुमा एमालेका पार्टी कार्यालयमा तोडफोड र नेता कार्यकर्तामाथी बेथिति भईरहेको भन्दै तराईका जिल्लाहरुमा शान्तिसुरक्षाको प्रत्याभुति गर्न सरकारसंग माग गरेको छ ।


जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक अत्यन्तै संकटपूर्ण अवस्थामा पुगेको भन्दै संयमित हुन आग्रह गरे । उनले देशको परिस्थितिलाई ध्यानमा राखेर मेची–महाकाली यात्रा रोक्न आग्रह गरेका छन् ।

छलफलमा नेकपा एमालले घोषणा गरिएको स्थानीय तहको निर्वाचनको मिति फिर्ता लिए देश आतंक र निरंकुशताको भयावह स्थितिमा जाने भन्दै निर्वाचन कार्यक्रम फिर्ता लिए आफुहरुलाई मान्य नहुने चेतावनी समेत दिएको छ । छलफलमा सत्तारुढ दल माओवादी केन्द्र,नेकपाली कांग्रेस र प्रतिपक्ष दल एमालेका शीर्ष नेताहरुको सहभागि थिए ।

मेची–महाकाली अभियान पुनः आजबाट 
नेकपा एमालको स्थगित मेची महाकाली अभियान आजबाट पुनः हेटौडाबाट शुरु हुने भएको छ । अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार हेटौंडाबाट पुनः सुरु हुने अभियानको कार्यक्रम र अभियान टोलीलाई मकवानपुरमा भब्य स्वागत गर्न तयारी भइरहेको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले जिल्ला कमिटि मकवानपुरले तयारी पुरा भएको जानकारी दिएको हो । 

अभियान अन्र्तगत फागुन २७ गते हेटौंडामा  दिउसो २ बजेदेखि ५ बजेसम्म एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली लगायत प्रमुख केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । औपचारिक कार्यक्रम अघि बिभिन्न स्थानबाट ¥याली तथा विविध साँस्कृतिक झाँकी सहितको नगर परिक्रमाका कार्यक्रमहरु रहेको जिल्ला अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो । 

अभियान अन्र्तगतका विविध कार्यक्रमका लागि भनेर एमालेले हेटौंडा बजारका विभिन्न स्थानहरुमा सजावट र स्वागत द्वारहरु समेत निर्माण गरेको छ । कार्यक्रममा मकवानपुर लगायत छिमेकी जिल्लाहरु बारा पर्सा रौतहटका हजारौं एमाले प्रतिनिधीहरुको समेत सहभागिता रहने एमाले मकवानपुरले जनाएको छ । 

अभियान अन्र्तगत फागुन २८ गते १० बजेपछि अभियान टोली चितवन प्रस्थान गर्ने छ । एमालेको अभियान अन्तरगतको सप्तरीको कार्यक्रम बिथोल्ने क्रममा मधेशी मोर्चा र प्रहरी बीच झडप हुदा ३ जनाको ज्यान गए पछि प्रदेश नं २ को बिभिन्न स्थानको कार्यक्रम स्थगन गरेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply