Ticker

6/recent/ticker-posts

राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुने बिजुक्छेको तर्क

काठमाडौ, चैत ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुने तर्क गरेका छन् । अध्यक्ष बिजुक्छेंले धार्मिक सद्भाव कायम राख्न र राजनीतिबाट धर्मलाई अलग गर्नको लागि राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुने तर्क गरेका हुन् ।
उनले निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिए ।
सत्तामा सामेल भएको राप्रपाले सत्ताको दुरुपयोग गर्दै निर्वाचन आयोगको काममा प्रभाव पर्ने गरी सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत भएको भन्दै सरकारले निर्वाचन आयोगलाई प्रभावमा झेल्ने भन्दा पनि स्वतन्त्रपूर्ण काम गर्न दिनुपर्नेमा उनले जोड दिए ।
स्थानीय तहको निर्वाचनमा बैदशिक हस्तक्षेप नभए नेपालीको चाहना अनुरुप तोकिएको मितिमा हुने भन्दै उनले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनुपर्ने र बाँकीे स्थानमा पछि निर्वाचन गर्न सकिने धारणा राखे ।

Post a Comment

0 Comments