Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, चैत । गीत संगीतमा कलम चलाउँदै आएका कृष्ण सापकोटा मोडलिङ पनि उत्तिकै सफल बन्दै गएका छन् । खाईलाग्दो जिउडाल र पेशा प्रतिको ईमान्दारिताले पनि उनलनई यो क्षेत्रमा दिनानुदिन सफलता हातपार्दै गएका छन् ।

काठमाण्डौमा होटल ब्यवसायसहित मोडलिङलाई पनि निरन्तरता दिँदै आएका सापकोटाले मुम्बई बसाईको छोटो समयमा दूईवटा बिज्ञापनहरुमा मोडलिग गर्न समेत भ्याएका थिए ।

उनले मुम्बई बसाईको छोटो समयमा एउटा राईस कुकर र क्याटवरी चकलेटको बिज्ञापनमा समेत मोडलिङ गरेका थिए । पालकोट ३, अर्घाखाँचीका सापकोटाले सानैदेखि गीत संगीतमा रुची राख्नुका साथै अभिनयमा पनि उत्तिकै चासो दिन्थे । सानैदेखिको रुचीकै कारण उनी मोडलिङ क्षेत्रमा स्थापित हुन पुगेका हुन् । नेपाली सांगीतिक क्षेत्रका चल्तिका दर्जनौ लोकदोहोरी गीतमा उनले मोडलिङ गरिसकेका छन् ।

गित हरु लेख्न समेत रुचाउने कृष्णले यो हृदयमा तिम्रै बास छ, बोलको गीत लेखेका छन्। जसलाई चर्चित लोक दोहोरी गायक पुष्कर शर्माले श्वर दिएका छन् ।  कृष्ण भन्छन् –‘यो हृदयमा तिम्रो बास छ’ बोलको यो गीत अवार्डको लागि नोमिनेशनमा समेत परेको गीत हो ।’

झण्डै एक दर्जन बढी गीतहरुमा मोडलिङ गरेका कृष्णका ‘ मायाले भोलि भन्दै टा¥यौ’ ‘पागल हुन्छु कि त मर्छु’ र प्रदेशीको जुनी लगायत प्रमुख छन् । शब्द संकलन र अभिनय संगै आक्कल झुक्कल गीत पनि गाउन थालेका कृष्णले ‘रुन पनि संगै पाईएन’ बोलको गीतमा श्वर दिएका छन् ।

पछिल्लो समयमा मोडलिङमै स्थापित हुँदै गएका कृष्णले भविष्यमा पनि मोडलिङलाई नै निरन्तरता दिने बताए । म्यूजिक भिडियोहरुमा अहिले सैयौ मोडलहरु छन् । तर त्यो भिडमा सापकोटा अब्बल बनेर निस्कने तयारीकासाथ कम्मर कसेर लागेका छ्न् ।

यसैबीच उनले अभिनय गरेको पछिल्लो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । सारंगीको धून बोलको गीतमा खुमन थापा र सुस्मिता घर्तीले श्वर दिएका छन् भने दीपक पराजुलीको शब्द तथा विजय शर्माको संगीत रहेको छ । उक्त गीतको भिडियोमा कृष्ण सापकोटालाई मीनु कुमाइले साथ दिएकी छन् । स्मृती तिमल्सिनाको निर्देशनमा बनेको भिडियोको छायांकन  सुरेश श्रेष्ठले गरेका हुन् ।
जुन गीतको भिडियो यस्तो छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply