Ticker

6/recent/ticker-posts

रङ खेलेर होली अर्थात फागुपूर्णिमा मनाईदै

काठमाडौ,फागुन ।
फागुन शुक्ल पूर्णिमाका दिन आइतबार रङहरुको पर्व फागु पूर्णिमा, पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदैछ । तराईमा भने होली सोमबार मनाईन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससँगै फागु पूर्णिमा मनाउने गरिएको हो । आजदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ ।
यस्तै सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वास पनि छ । आजको दिनलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने दिनका रुपमा मनाइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चिर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा चिर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका राजनीतिक दलका नेताले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरूमा रमाएर मनाइने नेपालीको महान् पर्व फागु पूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको पर्वलाई सबै नेपालीले खुशी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।
यस्तै, होलीमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । बिहानैदेखि काठमाडौं उपत्यकाका चोक चोकमा प्रहरी र ट्राफिक प्रहरी खटिएका छन् । उपत्यकाका चार सय ठाउँम प्रहरीको चेकिङ हुनेछ ।  होलीकै लागि थप ३ हजार प्रहरी खटिने छन् ।
यस्तै जथाभावी लोला हाने वा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा लगाउने र २५ हजार रुपैयाँ जरीवाना समेत हुने प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments