Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाणडौ, चैत । स्टेट युनिभर्सिटी बंगलादेशमा विभिन्न विषयमा अध्ययन गरेर आएका नेपाली विद्यार्थीहरुलाई सो विश्वविद्यालयले शनिबार राजधानीको उडल्याण्ड होटेलमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ ।  

स्टेट युनिभर्सिटी बंगलादेशमा पढेर आएक पूर्व नेपाली विद्यार्थीहरुको संगठनले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा.तिर्थराज खनिया,नेपालमा आएका स्टेट युनिभर्सिटी बंगलादेशका उपाध्यक्ष प्रा.डा.मोहम्मद महबुबुर रहमान, जनस्वास्थय विभागकी प्रमुख प्रा.डा. नवजिया यास्मिन,फार्मेसी विभाग प्रमुख प्रा.डा. एम ए रशिद, सल्लाहकार प्रा.डा.एस.एम.ए.फैजले सो विश्वविद्यालयको पहिलो समूहमा जनस्वास्थय विषयमा स्नातकोत्तर गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्नुभयो । 
यसरी सम्मानित हुनेहरुमा स्वास्थ्य मन्त्रालयका सहसचिव तथा हाल धादिङ्ग जिल्ला जनस्वास्थ्य प्रशसक महेश्वर श्रेष्ठ र झापा जिल्लाका जनस्वास्थ्य प्रशासक मधुसुदन कोइराला छन । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा.तिर्थराज खनियाले नेपालको स्वास्थ्य लगायत प्रशासन क्षेत्रमा आवश्यक पर्ने उच्चस्तरको विज्ञ र जनशक्ति उत्पादन गर्न स्टेट युनिभर्सिटी बंगलादेशले पुर्याएको योगदानको चर्चा गर्दै सो विश्वविद्यालय टीमलाई धन्यवाद व्यक्त गर्नुभयो । 
कार्यक्रममा स्टेट युनर्भसिटी बंगलादेशका पदाधिकारी प्राध्यापकहरुको साथै विश्वविद्यालयमा अध्ययन गरेर फर्केका तथा सम्मानित भएका महेश्वर श्रेष्ठ,नरबहादुर कार्की, राष्ट्रिय स्वास्थय शिक्षा तथा सूचना केन्द्रकी सूचना अधिकृत रागीश्री श्रेष्ठ कक्षपतिले पनि बोल्नुभएको थियो ।  १४ वर्षअघि स्थापित नीजि क्षेत्रको बंगलादेशको सो विश्वविद्यालयमा यतिखेर विज्ञान,व्यवस्थापन तथा जनस्वास्थय विषयमा स्नातक र स्नातकोत्तरमा गरि सयौं नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको कुरा कार्यक्रममा जानकारी दिइएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply