Ticker

6/recent/ticker-posts

खाना पकाउने ग्याँसको मुल्य बृद्धिः एक सिलिन्डर ग्यासको १३ सय ७५ रुपैयाँ

काठमाडौ, फागुन ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले गए राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको हो ।
अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासमा मूल्य बढे पनि पेट्रोल र डिजलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Post a Comment

0 Comments