Ticker

6/recent/ticker-posts

प्यूठान जीप दुर्घटनाः मृत्यु हुने सबै ६ जनाको सनाखत

प्युठान, चैत ।
प्युठानमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबै ६ जनाको सनाखत भएको छ । स्वर्गद्वारी नगरपालिका–४ स्थित रुमालेमा जीप दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुर–१४ का दिनेशध्वज बस्नेत, पद्मा बस्नेत , दिक्षा बस्नेत र डिहा बस्नेत रहेका छन् । उनीहरु सबै एक परिवारका रहेको प्रहरीले जनाएको छ ।
यस्तै ललितपुर–१४ कै श्रृष्टी बराल, र सुनिता श्रेष्ठको पनि ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान दुर्घटनामा परि मृत्यु हुनेहरुको प्रहरीले सनाखत गरेको हो ।
शुक्रबार बिहान बा ८ च १५६१ नम्बरको जीप दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अन्य तीन जना घाइते भएका थिए । घाइते हुनेमा चालक सरोज घले, सुशीला बराल र अम्बिका गजुरेल रहेका छन् ।
घाइतेहरुलाई भिगृ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । ज्यान गुमाएकाको शव हेलिकप्टरबाट ललितपुर लैजाने तयारी भइरहेको छ ।

Post a Comment

0 Comments