Ticker

6/recent/ticker-posts

१२ जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौ, चैत ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्ने काम गरिरहेको आयोगले जनाएको छ ।
‘बिहीबारसम्म १२ जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न भएको छः’ः आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भनेः‘ अन्य जिल्लाका लागि पनि मतपत्र छाप्ने काम रातदिन भइरहेको छ । अहिलेको स्थिति हेर्दा हामीले तोकेको समयभित्रै मतपत्र छाप्ने काम सम्पन्न गर्न सकिने अवस्था छ ।’
आयोगले केही जिल्लामा दर्ता हुन छुटेका दललाई पुनः दर्ता गरेर चुनावचिह्न दिने निर्णय गरेको छ । डोल्पामा कांग्रेस, ९ जिल्लामा राप्रपा र केही जिल्लामा राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी पार्टीको दर्ता छुटेकाले उनीहरूले स्वतन्त्र हैसियतमा मात्र चुनाव लड्ने अवस्था थियो । तर दलहरूले आयोगमा निवेदन दिएपछि उनीहरूको पुनः दर्ता गरेर दलगत नै चुनावचिह्न दिइएको जानकारी आयोग प्रवक्ता शर्माले दिए ।
यता आयोगले मतदानअघि र मतदानपछिको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखबीच बिहीबार भएको छलफलमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनमा सुरक्षा कमजोरी हुन नदिनेतर्फ सतर्क रहन निर्देशन दिएका थिए ।

Post a Comment

0 Comments