Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

वारा,फागुन ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले निर्माण तीव्रता पाउँदै गर्दा राष्ट्रिय गौरवको योजनामा रहेको बाराको निजगढ विमानस्थल निर्माणले भने गति लिन सकेको छैन । अहिले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । त्यस्तै, पोखरा विमानस्थलको निर्माण पनि अगाडि बढेको छ । तर, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल भने कागजमै सीमित छ ।
नेपालको विमानस्थलको नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार निजगढ विमानस्थल निर्माणले गति लिन नसक्नुको प्रमुख कारण सरकारको कमजोरी हो । विमानस्थल कुन मोडालिटीमा बनाउने भन्ने विषयमा सरकारले समयमै निर्णय लिन नसक्दा निर्माणले गति लिन नसकेको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
त्यति मात्र होइन, सरकार अन्तर्राष्ट्रिय विमानस्थलका नाममा क्षेत्रीय विमानस्थलमा अल्झिरहेको ती अधिकारीले आरोप लगाए ।
भैरहवास्थित क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भए पनि उडानमा भने समस्या देखिन्छ । भारतसँग खुला आकाशसम्बन्धी सम्झौता हुन सकेको छैन । नेपालमा प्रवेश गर्ने विमान भारतीय आकाश हुँदै सिमराबाट नेपाली आकाशमा प्रवेश गर्छन् । नेपाल प्रवेशका लागि भारतले सिमरा रुटलाई मात्र इजाजत दिएको छ ।
भैरहवा विमानस्थल सञ्चालनमा आए पनि सोही रुटबाट विमान नेपाल प्रवेश गर्नुपर्ने हुन्छ । भैरहवा र काठमाडौंका लागि अन्तर्राष्ट्रिय विमान नेपाली आकाशमा प्रवेश गर्दैगर्दा एयर ट्राफिक जाम हुने र आकाशमै होल्ड गर्नुपर्ने अवस्था देखिन्छ ।
सन् २०२१ सम्ममा नेपालको अन्तर्राष्ट्रिय एयर ट्राफिक दुई करोड नाघ्ने अनुमान गरिएको छ । यो यात्रु संख्या हाल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा ठूलो हो । त्यसैले पनि यसको विकल्पको रूपमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आजको आवश्यकता हो । तापनि १० वर्षदेखि चर्चामा रहेर पनि निजगढ विमानस्थलको निर्माणले गति लिन सकेको छैन ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply