काठमाडौ, चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणपछि लामो समयदेखि बन्द रहेको तातोपानी नाका खुल्ने दावी गरेका छन् । प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा तातोपानी नाका खुलाउन चिनीया राष्ट्रपति सि जिङ पिनसंग आग्रह गर्ने जानकारी दिदै छिट्टै तातोपानी नाका खुल्ने दावी गरेका हुन् ।
चिन भ्रमणका क्रममा उच्चस्तरिय कुटनीतिक पहलबाट तातोपानी नाका खुलाउन पहल गर्न माग गर्दै सिन्धुपाल्चोकका व्यवसायीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले तातोपानी नाका खोल्न चिनिया राष्ट्रपति सिसंग आग्रह गर्ने जानकारी दिए । उनले तातोपानी नाका र अरनिको राजमार्ग नेपाल–चीन सम्वन्धको प्रतिक भएको उल्लेख गर्दै तातोपानी नाका खोल्ने विषय र अरनिको राजमार्ग विस्तार चीन भ्रमणको मुख्य एजेण्डामा राखेको समेत जानकारी दिए ।
प्रधानमन्त्री दाहालले तातोपानी नाका मुलुकको समग्र आर्थिक विकाससंग जोडिएको विषय भएको भन्दै नाका खुलाउन विशेष पहल गरिने आश्वासन दिए ।
ज्ञापनपत्र बुझाउने क्रममा व्यवसायीहरुले तातोपानी नाकाबन्दीले सिन्धुपाल्चोकका जनतालाई मात्र नभई समग्र मुलुकको आर्थिक गतिविधि प्रभावित भएको भन्दै तत्काल नाका खुलाउने पहल गर्न आग्रह गरेका छन् । ज्ञापनपत्र बुझाउने टोलीको नेतृत्व गरेका नेपाल ट्रक कन्टेनर व्यवसायी महासंघको अध्यक्ष अर्जुन सापकोटाले तातोपानी नाका संचालन गर्न सडकको समस्या नरहेको भन्दै नेपाल सरकारले बलियो कुटनीतिक पहल गरे नाका खुल्ने विश्वास व्यक्त गरे ।

0 Comments