Ticker

6/recent/ticker-posts

साझा यातायातको ‘स्मार्ट ट्राभल कार्ड’ सेवा शुरु

काठमाडौं, चैत । साझा यातायातले  ‘स्मार्ट ट्राभल कार्ड’ प्रयोगको शुरुवात गरेको छ ।  लामो समयको परीक्षणपछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गरेको हो । यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडान गरिएको छ । बसमा सवार यात्रुहरुले अब साथमा पैसा नभए पनि कार्डबाट भाडा तिर्न पाउने भएका छन् । 
बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । अब सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । यसको प्रयोग स्वेच्छिक हुनेछ । सुरुवातमा एउटा रुटबाट सुरु गरिएपनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा विस्तार गरिने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।
कार्ड प्रयोकर्ताले बस चडदा र ओर्लदा यो कार्ड बसको पछिल्लो ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ । यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ । यदि झर्दा कार्ड डिभाइसमा नदेखाए स्वतः २५ रूपैयाँ काटिनेछ । देखाएमा भने दूरीअनुसारकै भाडा काटिनेछ।

Post a Comment

0 Comments