Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कञ्चनपुर,चैत ।
प्रमुखप्रतिपक्ष दल नेकपा एमालेको मेची अञ्चलको काँकडभिट्टाबाट शुरु भएको मेची–महाकाली अभियान महाकालीको कञ्चनपुर पुगेर समापन भएको छ । अभियानको क्रममा एमालेले विभिन्न ठाउँमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अवरोधको समेत सामना गर्नुपर्यो । अभियानकै क्रममा सप्तरीमा ५ जना मधेशी मोर्चाका कार्यकर्ताहरुले ज्यान समेत गुमाउनुपर्यो । नेकपा एमालेले अभियान पूर्णरुपमा सफल भएको दावी गरेको छ । मेची महाकाली अभियानको समापन गर्दै नेकपा एमालेले संविधान संशोधन बिना निर्वाचन हुन सक्दैन भन्ने सोच हानिकारक भएको समेत जिकिर गरेको छ । यसले मुलकलाई द्वन्द्वतिर धकेल्ने समेत एमालेले ठहर गरेको छ ।
अभियानको समापन घोषणा गर्न कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट भाग्ने बहाना नखोज्न सत्तापक्षलाई चेतावनी दिएका छन् । अध्यक्ष ओलीले संविधान संशोधन बिना चुनाव हुन सक्दैन भन्ने सोच हानिकारक भएको भन्दै संशोधन विधेयक नै फिर्ता लिनुपर्ने जिकिर गरे ।
एमालेले संशोधनलाई अनुचित, अनावश्यक, असंवैधानिक र राष्ट्र तथा जनताको हित विपरित रहेको भन्दै कुनै पनि अर्थमा पारित हुन नसक्ने बताए । एमालेले निर्वाचनको मिति घोषणा भइसकको अवस्थामा सरकारले आचारसंहिता विपरित जथाभावी बजेट रकमान्तर गर्ने तथा कार्यकर्तालाई नियुक्ति तथा राज्यको ढुकुटी रित्याउने काममा लागेको भन्दै आपत्ति समेत जनाएको छ । अभियानको समापन गर्दै अध्यक्ष केपी ओलीले मेची–महाकाली अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।
अभियान सम्पन्न भएको अवसरमा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीले हिंसामाथि शान्तिको, ध्वंशमाथि निर्माणको, सामाजिक विद्वेष र जातीय घृणामाथि सामाजिक सद्भाव र सहिष्णुता एवं सहअस्तित्वको, अँध्यारोमाथि उज्यालोको, फाटोवादी तत्वहरूका विरुद्ध राष्ट्रिय एकताका पक्षधर जनताको र संविधान समाप्त पार्न खोज्नेमाथि संविधान कार्यान्वयन गर्न चाहनेहरूको सफलताको रूपमा आफूहरुले यस अभियानलाई विश्लेषण गरेको बताएका छन् ।
आफूसँग असहमत पक्षलाई निषेध गर्ने, त्यसका निम्ति हिंसा र अपराधको सहारा लिने र सुनियोजित रूपमा अप्रिय घटना घटाएर त्यसमाथि सहानुभूतिको राजनीति गर्ने मधेसी मोर्चाको दुराशय र तत्जन्य हरकत नै राजविराज घटनाको एकमात्र कारण हो भन्ने कुरामा कुनै सन्देह नरहेकोसमेत अध्यक्ष ओलीले जिकिर गरेका छन् ।
एमालेको निरन्तरको पहल र आम जनताको समेत दबाबका कारण केही समय अगाडि मात्रै आगामी २०७४ बैशाख ३१ का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको उल्लेख गर्दै ओलीले भनेः‘तर घोषित मितिमा निर्वाचन हुन नदिन अनेकौं षडयन्त्रहरू जारी छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको बारेमा अन्यौल कायमै छ । हाम्रो पार्टी तत्काल राजनीतिक दल सम्बन्धी विधेयक लगायत अन्य आवश्यक कानुनहरू अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न र निर्वाचनसम्बन्धी अन्यौल हटाएर सिङ्गो राष्ट्रलाई निर्वाचनको दिशामा अग्रसर गराउन आह्वान गर्दछ ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply