Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा  केन्यासँग ५ विकेटले पराजित भएको हो ।
तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको खेलमा केन्याले जितका लागि ९४ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य २४ ओभर १ बलमा केन्याले ५ विकेटको क्षतिमा हासिल गर्यो । घरेलु मैदानमा समर्थकहरुको बाक्लो उपस्थितिलाई नेपाली टोलीले निराश पारे । बिहानैदेखि समर्थकहरु पानीको समेत परबाह नगरी नेपाली टोलीको हौसला बढाउन कीर्तिपुर पुगेका थिए ।
हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कठीन बन्दै गएको छ । ९ खेल खेलेको नेपालको जम्मा ६ अंक रहेको छ भने छैटौं स्थानमा रहेको छ । यस्तै केन्या १० अंकसहित पाँचौं स्थानमा रहेको छ । शीर्ष ४ मा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालका लागि ज्ञानेन्द्र मल्लले २७, दीपेन्द्र सिंह ऐरीले १९ र सागर पुनले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
यस्तै शक्ति गौचन र सोमपाल कामी क्रमशः १८ र १५ रन बनाएर खेल्दै गर्दा पानी पर्न पुगेको हो । बलिङ तर्फ केन्याका सेम नेगोचीले सर्वाधिक तीन विकेट लिए ।
यस्तै केन्याको जितमा रकिप पट्टेलले सर्वाधिक ३४ रनको योगदान दिए भने कोलिन्सले २४ रनको योगदान दिँदा अरु ब्याट्समान भने खासै चल्न सकेनन् ।
यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply