Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ । चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै तीनदिने भ्रमणमा आउन लागेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले ३ पुसमा तीनदिने नेपाल भ्रमण गरेका थिए । तीन दिनपछि तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए । उनीपछि नेपाल आउन लागेको यो नै उच्चस्तरीय प्रतिनिधिमण्डल हो ।
चीनको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्यु ७ देखि ९ चैतसम्मका लागि नेपाल आउने तय भएको छ । परराष्ट्रसचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुईपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन उनी आउन लागेका हुन् । नेपाल र चीनका परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको ११औँ बैठकका लागि उनलाई परराष्ट्र मन्त्रालयले ११ पुसमा पत्र पठाएको थियो ।
८ चैतमा हुने औपचारिक बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, सांस्कृतिक विषयमा छलफल हुनेछ । नेपाल र चीनबीच भएका सबै सम्झौताको समीक्षा र भ्रमणहरूका विषयमा सो बैठकमा छलफल हुने कार्यक्रम छ । ‘बैठकमा नेपाल–चीन सम्बन्धका सबै विषयमा बृहत् छलफल हुन्छ,’ परराष्ट्रसचिव वैरागीले भने । बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव वैरागीले तथा चीनको नेतृत्व सहायकमन्त्री कोङले गर्नेछन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता बिहीबार आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीको एसिया विभाग हेर्ने उच्च अधिकारी डोउ इन्योङ बिहीबार काठमाडौं आउने तय भएको छ । उनले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ । स्रोतका अनुसार उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । साँझ उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले उनको सम्मानमा रात्रिभोज दिने कार्यक्रम छ । तर, उनको भ्रमणबारे औपचारिक रूपमा नेपाल र चीन दुवैले प्रतिक्रिया दिएका छैनन् ।
यसैबीच,नेपाल र चीनका सेनाबीच सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको छ । सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथी विनोद श्रेष्ठ नेतृत्वको टोली बेइजिङ पुगेर चिनियाँ जनमुक्ति सेनासँग सैन्य अभ्यासको मोडालिटीबारे छलफल गरेको छ । सैन्य टोली हाल बेइजिङमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply