Ticker

6/recent/ticker-posts

हिन्दुराष्ट्रको माग गर्दै राप्रपाले दर्ता गरायो संशोधन प्रस्ताव

काठमाडौ, चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्रको माग गर्दै संशोधन प्रस्ताव गर्दा गराएको छ । सो पार्टीले धर्मनिरपेक्षताको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र हुनुपर्ने मागसहित आइतबार संसद सचिवालयमा संशोधन दर्ता गराएको हो ।
राप्रपाका सांसदहरु कुन्तीकुमारी शाही, जयन्त चन्द, विक्रम थापा, सुशील कुमार थापा, भाष्कर भद्रा र भक्तबहादुर विकको हस्ताक्षर रहेको संशोधन प्रस्तावमा‘नेपाल बहुजातीय , बहुधार्मिक, बहुभाषिक राष्ट्र हुँदा हुँदै पनि ८१ प्रतिशत भन्दा बढी हिन्दु’ ९ प्रतिशत बौद्ध र तीन प्रतिशत किरात धर्मलगायत ९४ प्रतिशत भन्दा बढी ओमकार परिवार जनता रहेको र सबै समुदायहरुबीच सौहार्दपूर्ण सम्बन्ध रहि एकआपसमा धार्मिक सहिष्णुता रहेको सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र रहने गरी संविधान संशोधन हुन उपयुक्त भएकालेधर्म निरपेक्षताको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र राख्नुपर्ने’ प्रस्ताव गरिएको छ ।
संशोधन प्रस्तावमा नेपालको संविधानको धारा ४(१)मा  भएको  धर्मनिरपेक्षताको व्यवस्था संशोधन गरि पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र राख्नुपर्ने प्रस्ताव गरिएको हो । आयोगले शुक्रबार राप्रपाको विधानमा रहेको‘राजतन्त्र र हिन्दुराष्ट्र’ भन्ने शब्दावली हटाइदिएपछि राप्रपा संशोधन प्रस्ताव ल्याउने निर्णयमा पुगेको थियो ।

Post a Comment

0 Comments