Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

राजविराज, फागुन ।
प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीको राजविराजमा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले राजविराज र आसपासका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । यसअघि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो ।
मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच राजविराज अदालत छेउमा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगाहानासमेत भएको छ ।
यसैबीच, आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् ।
आयोगको जनकपुर क्षेत्रीय कार्यालयको बा ५ च ७४७३ नम्बरको गाडी सप्तरी जिल्ला अदालत अगाडि मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
राजविराजमा हिजो भएको घटनाको वास्तविकता बुझ्न आयोगको टोली राजविराज पुगेको हो । गाडीमा सवार मानवअधिकारकर्मीलाई समेत मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।
यस्तै,मोर्चाका कार्यकर्ताले स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा पनि ढुंगा प्रहार गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply