Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीमा भएको कार्यक्रममा मधेसी मोर्चाले विरोध प्रदर्शन गरेपछि प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको हो। प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको  छ ।
मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ । त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा दिगम्बर यादव रहेको छ भने अर्का एक जनाको नाम खुल्न बाँकी छ ।
मृतकमध्ये एक जनाको पेटमा र एकजनाको छातीमा गोली लागेको छ । उनीहरुलाई राजविराज फिर्ता ल्याइएको छ । ‘घाइते मध्ये छ जनालाई धरान लैजाने क्रममा दुईजनाको मृत्यु भएको छ । दुई जनालाई राजविराज फिर्ता पठाएर बाँकीलाई धरान पुर्याइँदैछ,’ मोर्चाका एक स्थानीय नेताले भने ।
यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले आफूलाई एक जनाको मृत्यु भएको खबर आएको बताएका छन् । मोर्चातर्फ ११ जना घाइते रहेकोमा तीन जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको गजेन्द्र नारायण अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ । दोहोरो झडपका क्रममा २० जना प्रहरी पनि घाइते भएको जनाइएको छ ।
सप्तरीको राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ । एमालेको कार्यक्रम स्थलमा जाने प्रयास गर्दा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच दिनभर पटक–पटक झडप भएको थियो ।

एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित
राजविराजमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएपछि एमालेले मेची महाकाली अभियान ३ दिनका लागि स्थगित गरेको छ ।
सप्तरीको रुपनगरमा आकस्मिक रुपमा बसेको एमाले स्थायी समिति बैठकले मेची महकाली अभियान ३ दिनका लागि स्थगित गर्ने निर्णय गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।
घटनाक्रम असहज ढंगले अघि बढेकाले परिस्थितिको मुल्यांकन गरेर अघि बढ्ने एमालेले जनाएको छ । संसदीय लोकतन्त्रमा सभा सम्मेलन गर्न पाउने अधिकारलाई बिथोल्न खोज्नु आपत्तिजनक भएको ठहर पनि एमालेले गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply