Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड भने कमल थापाका पक्षमा उभिएका छन् । बरियता नतोकिएका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित भएको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह गरेका छन् ।
‘मैले कमल थापाजीलाई यसअघि नै उपप्रधानमन्त्री भइसकेको हुनाले दोस्रो मर्यादामा राख्ने प्रतिबद्धता गरेको थिएँ, अहिले समस्या देखियो,’ देउवासँगको भेटमा प्रधानमन्त्री दाहालले भने ।
जवाफमा सभापति शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसँग नै कुरा गरेर सहमतिमै टुङ्ग्याउन आग्रह गरेका छन् । दाहालले देउवासँग यस विषयमा छलफल गरी मिलाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहिलो नम्बरको उपप्रधानमन्त्री को हुने भन्ने विवादका कारण मन्त्रिपरिषद् बैठक नै प्रभावित भएको छ । प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएको र नियमित मन्त्रिपरिषद् बैठक हुने दिन भएकाले पनि बिहीबार मन्त्रीहरू बैठकको खबर कुरेर बसेका थिए । तर साँझसम्म पनि मन्त्रिपरिषद् बैठक बस्ने खबर नआएपछि उनीहरूले उपप्रधानमन्त्री वरियताक्रममा को माथि हुने भन्ने विवाद चुलिएको थाहा पाएका थिए।
उपप्रधानमन्त्रीबीच देखिएको विवाद चुलिएर मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्थामा पुगेपछि त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेको  थिए ।
सरकारमा उपप्रधान एवं स्थानीय विकासमन्त्रीसहित थापा सहभागी भएपछि एउटा मात्रै मन्त्रिपरिषद् बैठक बसेको छ । उक्त बैठकमा अर्का उपप्रधानमन्त्री निधि भारत भ्रमणमा थिए । आफू सत्ताको सबैभन्दा ठूलो दलको नेतृत्व गरी सरकारमा सहभागी भएकाले आफू मर्यादाक्रममा अघि हुनुपर्ने तर्क निधिको छ ।
अर्का उपप्रधानमन्त्री थापाले आफू निधिभन्दा पहिला नै उपप्रधानमन्त्री भइसकेकाले आफू मर्यादाक्रममा निधिभन्दा माथि हुनुपर्ने दाबी गर्दै आएका छन् । दुवैले आफू मर्यादाक्रममा दोस्रो हुनुपर्ने अडान नछाडेपछि मन्त्रिपरिषद् बैठक प्रभावित भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply