काठमाडौ, चैत ।
प्रहरीका दुई अधिकृतले नै दुई महिनाअघि मेनपावर व्यवसायीको अपहरण गरी करिब डेढ करोड फिरौतीको कागज गरेर रिहा गरेको रहस्य खुलेको छ । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) द्धय सम्बत लामा र सूर्यबहादुर थापाले अन्य दुई व्यक्तिसँग मिलेर मेनपावर व्यवसायी बद्री राईलाई अपहरण गरेका हुन् । दुवै सइसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले गत १ माघमा धुम्बाराहीस्थित टाइगर ओभरसिजका सञ्चालक बद्री राईलाई अपहरण गरेका थिए । अपहरणमा संलग्न सइसहित काभ्रेका अर्जुन कुमार लामा र रुपन्देहीका राजकुमार गुरुङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले बताए । तस्करीको १५ किलो सुन लुटेको र त्यसवापतको पैसा चाहिने भन्दै उनीहरुले त्यसरी अपहरण गरेको प्रहरीले जनाएको छ ।
राईलाई कोटेश्वरबाट अपहरण गरिएको थियो । उनीहरुले राइलाई दिउसो करिब १ बजे कोटेश्वरमा भेट्न बोलाएर मोटरसाइकलमा राखी गौरीगाउँस्थित बाजेको सेकुवा रेष्टुरेन्टमा पुर्याएका थिए । रेष्टुरेन्टकै कोठामा बन्धक बनाई उनीहरुले २ लाख ३० हजार नगद लिएका थिए । त्यस्तै २५–२५ लाखको चेक काट्न लगाउनु्का साथै चारै जनालाई थप २५–२५ लाख दिने तमसुक बनाएर छाडिदिएका थिए । घटनाको करिब २ महिनापछि गत मंगलबार मात्र मेनपावर व्यवसायी राईले उजुरी गरेका हुन् । अपराध महाशाखाका डिएसपी अजय केसीको नेतृत्वमा मंगलबादेखि सुरु भएको अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् ।

0 Comments