Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
संयुक्त राष्ट्र संघले लगाएको प्रतिबन्धको बेवास्ता गर्दै उत्तर कोरियाले पुनः मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले गरेको परीक्षण गरेको मिसाइल जापानको समुद्रमा खसेको दाबी दक्षिण कोरियाका अधिकारीहरुले गरेका छन् ।
मिसाइलका बारेमा विस्तृत जानकारी नआएको दक्षिण कोरियाका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । चीनसँग सीमा जोडिएको तोङच्याङ–री क्षेत्रबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
गएको महिना पनि उत्तर कोरियाले नेता किम जोङ–उनको उपस्थितिमा नयाँ प्रकारको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो । संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
तर, उसले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । गएको महिना भएको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया तथा जापानले निन्दा गरेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply