Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
संघीय गठवन्धन र मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन्। उनीहरूले सप्तरी घटनाका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार संसदमा  नाराबाजीसमेत गरेका थिए। संघीय समाजवादी फोरमका नेता अशोक राईले बोलिसकेपछि उनीहरुले आ–आफ्नो ठाउँबाट उठेर रोष्टम अगाडि आएर सप्तरी घटनाका दोषीमाथि कारवाही माग्दै नाराबाजी गरेका हुन् ।
राईले सप्तरी घटनामा सरकारका तर्फबाट अनावश्यक बल प्रयोग भएको भन्दै दोषीमाथि कारवाहीको माग गरे । राईले कन्चनपुरमा एसएसबीको गोली लागेर एक जनाको मृत्यु भएको भनिए पनि भारतीय दूतावासले गोली नचलेको दाबी गरेकाले घटना रहस्यमय भएको बताए। राईले यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे ।
साथै,उनले नेपाल बन्दको क्रममा थुप्रै व्यक्तिलाई पक्राउ गरिएको भन्दै तुरून्त रिहा गर्न सरकारसमक्ष माग गरेका छन्।
लगत्तै मोर्चाका सांसदहरूले संसद बैठक बहिष्कार गरेका छन्।
तर,संसद बैठकमा मोर्चा बाहेक कंञ्चनपुर घटनाका बारे भने सबै सांसदहरुले एकै आवाज उठाएका छन् । उनीहरुले कंञ्चनपुर घटनाका दोषीलाई तत्काल कारवाहि गरी मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply