Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन । नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि पत्रकार विपुल पोखरेलको चर्चा चुलिएको छ । महासंघलाई बौद्धिक र विवेकशील नेतृत्व आवश्यक रहेको महशुस गर्दै पत्रकार पोखरेलले श्रमजिवी पत्रकारको हकहितका साथै पारिश्रमिकको सुनिश्चितताका लागि केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारीको तयारी थालेका छन् । विगतमा सतहमै बसरे निगरानी गरिरहेको पोखरलले यसपटक आफूलाई नेतृत्वकर्ताका रुपमा दह्रो रुपमा उभ्याएका छन् । 

सुचनाको हकका लागि निरन्तर आवाज उठाउने पोखरले सुचनाको हकका सम्वाहकका रुपमा उनि देशका विभिन्न स्थानमा पुगेर साक्षात्कार समेत गरिसकेका छन् । बौद्धिक व्यक्तित्वको पहिचान कायम गरेका  शशक्त कलमका धनी मानिने उनले विभिन्न दैनिक, साप्ताहिक अखबार, मासिक पत्रिका तथा रेडियोमा सम्पादकका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । 

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष पोखरेलले पत्रकारको पारिश्रमीकमा कसैसंग कुनै सम्झौता हुन नहुने वताएका छन् । हरेक पत्रकारले श्रम अनुसारको पारिश्रमिक पाउनै पर्ने वताएका पोखरेलले यो वा त्यो बहानामा पारिश्रमिकमा सम्झौता गर्न नपाईने बताए । 

अध्यक्षको तयारी गरिरहेका पोखरेलले श्रमजीवी पत्रकार ऐनले तोकेको व्यवस्था कार्यान्वयन गराउने आफ्नो पहिलो मिशन रहेको समेत वताए । ‘पत्रकारहरुले परिश्रमको उचित पारिश्रमिक जब् सम्म पाउँदैनन्, तब् सम्म पत्रकारको व्यवसायिक सुरक्षा हुन सक्दैन,’उनले भने ‘यसर्थ श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको जिम्मेवारीलाई काँधमा लिएर हिँड्नु जरुरी छ ।’ 

ऐनले तोकेको व्यवस्था कार्यान्वयनमा देखिएको समस्याका कारण पेशागत सुरक्षामा समेत चुनौती देखिएको भन्दै पोखरेलले कार्यान्वयन हुन नसक्नुको कारण समेत खोजिनु पर्ने वताए । उनले भने ‘यो ऐनमा भएको व्यवस्था कार्यान्वयन हुनैपर्छ, तर अहिले कार्यान्वयनमा देखिएको चुनौतीको कारण पनि खोजिनुपर्छ ।’

 उनले ऐन कार्यान्वयनमा देखिएको चुनौती चिर्दै ऐन कार्यान्वयनमा सबैको हातेमालो अपरिहार्य भएको बताए । उनले समग्र पत्रकारहरुलाई आग्रह गर्दै भने ‘पत्रकारहरुको पेशागत सुरक्षाको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको श्रमिजीवी पत्रकार ऐन कार्यान्वयनको बिषय हो,यसको कार्यान्वयनको जिम्मा हामी सबैको काँधमा छ,यसर्थ सबैको हातेमालो अपरिहार्य छ ।’

लोकतान्त्रीक विधीमा मात्रै प्रेस स्वतन्त्रताको रक्षा हुन सक्ने भन्दै नेपाल प्रेस काउन्सिलका पूर्व सदस्य समेत रहेका पोखरेलले पत्रकारीता मजवुत बनाउन लोकतान्त्रीक विधीलाई पछ्याउनु पर्ने वताए । उनले लोकतान्त्रीक विधीलाई मजवुत पार्ने अर्को महत्वपूर्ण बिषय अद्यावधिक निर्वाचन रहेको बताए । यो निर्वाचनका पक्षमा माहोल बनाईनु पर्ने आवश्यक्ता समेत उनले औँल्याए । 

विगतको योगदानः
तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाका प्रेस सल्लाहकार रहिसकेका विपुल विगत आठ वर्षसम्म पत्रकारिता विषयका अध्यापक रहिसकेका राजनीतिशास्त्रका स्नातकोत्तर विपुल २०५६ मै पत्रकार महासंघ दाङ शाखाको उपसभापति भइसकेका थिए ।

उनी २०५९ मा केन्द्रीय उपाध्यक्ष बन्दा प्रेस स्वतन्त्रता र पत्रकारिता पेसा नै संकटमा परेको थियो । प्रेस स्वतन्त्रताका लागि चलेको आन्दोलनमा उनी अग्रपक्तिमा उभिए । जनयुद्धका कारण सिर्जित संकटकालमा पत्रकारहरु अपहरण र हिरासतमा परे । संचारकर्मीहरुर्लाइ उद्दार गर्न चलाइएका विभिन्न २१ वटा मिशनमा उनले नेतृत्व गरेका छन् ।

०६३ सालमा प्रेस काउन्सिल सदस्य भएपछि उनले पत्रकार आचार संहिता निर्माण तथा परिमार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने सूचनाको हकका अभियन्ताका रुपमा पनि उत्ति नै क्रियाशील छन् । 
तत्कालीन दश बर्षे सशस्त्र द्धन्दको मारबाट नेपाली पत्रकारीता क्षेत्र पनि उछितो बन्न सकेन । थुप्रै पत्रकारहरु अपहरण तथा हिरासतमा परे, कतै तत्कालीन बिद्रोही र सरकारी पक्षको दोहोरो चपेटामा परेर असुरक्षित पैदा भैरहेको थियो । स्वतन्त्र पत्रकारिताको मर्म विपरीतको यो कदम विरुद्ध खरो रुपमा मैदानमा उत्रनु चानचुने कुरा थिएन । तर पत्रकार पोख्रेल स्वतन्त्र पत्रकारिताको मर्मलाई धर्मराउन दिनु हुन्न भन्ने पक्षमा दह्रो रुपमा उत्रिए । यस्ता २१ मिशनको नेतृत्व गरेर जोखिममा होमिएका ब्यक्तित्व पोख्रेल भन्छन् ‘पत्रकारीताको मुल मर्मलाई जोगाउनुलाई मैले आफ्नो मुख्य दायित्व सम्झेर यो मिशनमा होमिएको हुँ, जुन समग्र नेपाली पत्रकारीताको संरक्षणका लागि अपरिहार्य थियो ।’ द्धन्दबाट पत्रकारहरुलाई जोगाउने दायित्वबोध गरेर मिशनमा होमिएका पोख्रेलले सफलता हात पारे पनि । 

यसर्थ पत्रकारीताको मुलमर्मलाई जोगाई राख्ने सक्षम र साहशिक व्यक्तित्वका पर्याय हुन् पोख्रेल । त्यसोत, आफ्ना समकक्षी तथा पछिल्लो पुस्तालाई रिझाएर पत्रकारीताको मिशनलाई उँभोगतीमा लैजाने चिन्तन राख्छन् उनि । पत्रकारीतालाई जागिर नभई जिम्मेवारीबोधको रुपमा लिनुपर्ने सिद्धान्त बोकेका उनि भन्छन् ‘पत्रकारीता जागिर होईन, सुचना प्रवाह गर्ने जिम्मेवारी हो, हरेक पत्रकारले यो जिम्मेवारी बोध गर्न सक्नुपर्छ ।’ पत्रकारीता क्षेत्रको उन्नयनका लागि चिन्तन राख्ने पोख्रेल देशैभरीका पत्रकारहरुको नेतृत्वमा रहेर यस क्षेत्रको बिकासका लागि अँझ जुझारु बन्ने अभियानमा जुटेका छन् ।

द्धन्दकालमा पत्रकारीताको मर्म माथि भएको प्रहार बिरुद्ध उत्रिएका पोख्रेल अहिले समग्र देशका पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको नेतृत्वका रुपमा दरिएका छन् । उनि यो मिशनमा अहिले देशदौडाहमा छन् । उनको योजना छ ‘पत्रकारीतालाई अँझै मर्यादित र निष्ठावान बनाउनका लागि पत्रकार महासंघमा आफ्नो नेतृत्व।’

पूर्व मेची देखि पश्चिम महाकाली सम्म पुगेर आफ्नो नेतृत्वको अपरिहार्यताको जाँच गरिरहेका छन् उनले । उनले भने ‘मलाई अधिकांश साथीहरुले नेतृत्वमा पुग्नका लागि सुझाव दिनु भएको छ,म यो मिशनमा सफल भएरै छोड्ने छु, किनकि मैले साथीहरुको मायाँ पाएको छु ।’ 

२०५९ मा केन्द्रीय उपाध्यक्ष बनिसकेका पोख्रेलले त्यसयता ‘पदलोलुपता’ व्यक्त गरेनन् । उतिबेलै पत्रकार महासंघको नेतृत्वका दाबेदार उनि सतहमै रहेर समग्र पत्रकारीताको अवस्था बारे निगरानी राखिरहे, सतहमा देखिने चुनौती सामनाका लागि सहयात्रीको भुमिकामा रहे । ‘त्यो बेला नेतृत्व भन्दा पनि मेरो आवश्यक्ता पत्रकारीताको तल्लो तहमा बढि थियो,’उनि भन्छन् ‘सतहमा व्याप्त चुनौतीलाई छोडेर नेतृत्वको आश गर्नु मेरो पदलोलुपताको आशय प्रष्टिने सम्भावना थियो ।’ यसर्थ उनि २०५९ यताका कुनै पनि नेतृत्वमा आँफूलाई उभ्याएर हेरेनन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply