Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
झण्डै ६ दशक लामो स्थानीय निकाय शुक्रबारदेखि स्थानीय तहमा रुपान्तरण भएका छन् । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार शुक्रबारैदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् । सरकारले नेपाल राजपत्रमा शुक्रबार सूचना जारी गरेर करिब ६० वर्ष लामो स्थानीय निकायको इतिहासलाई स्थानीय तहमा रुपान्तरण गरेको हो । यसअघि, चार हजारको हाराहारीमा रहेका गाउँ विकास समिति गाउँपालिकामा परिणत भएका छन् ।
साबिकका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका पनि शुक्रबारैदेखि संवैधानिक व्यवस्थाअनुरुप गठित स्थानीय तह पुनःसंरचना आयोगको सिफारिसअनुसार स्थानीय तहका संरचना भएका छन् ।
हालैको मन्त्रिपरिषदको बैठकले आयोगको सिफारिस र तत्कालीन संघीय मामिला तथा स्थानीय विकासमन्त्री संयोजक रहेको समितिले त्यसमा केही परिमार्जन गरी निर्क्योल गरेका ७४४ स्थानीय तह कायम भएका हुन् ।
संविधान कार्यान्वयनकाक्रममा भएको यो परिवर्तनले स्थानीय तहमा प्रशासनिक रुपान्तरणमात्र होइन, आधारभूतरुपमा नै पृथक ढंगले जनताका घरदैलोमा राज्यको उपस्थितिलाई सुनिश्चित गरेको छ । नयाँ संरचनाअनुसार काम गर्ने उत्साह जननिर्वाचित प्रतिनिधिमात्र होइन, अहिलेका कर्मचारीलाई पनि त्यसले उत्साहित तुल्याएको छ । केही स्थानमा जनतालाई अपायक पनि परेको पाइएको छ । त्यसलाई वैकल्पिक माध्यमबाट समाधान गर्न सकिने वास्तविकतालाई पनि बिर्सन हुँदैन ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनले जनताको शासन जनताकै घरआँगनमामात्र पुर्‍याउने छैन, त्यसले कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाका आधाभूत सेवा स्थानीय तहमै उपलब्ध गराउने छ । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तह निर्वाचनले स्थानीयस्तरका विकास–निर्माणका कामलाई द्रुतगतिमा अघि बढाउन बलमात्र मिल्ने छैन, त्यहाँ व्याप्त सुशासनको अभावलाई पनि अन्त्य गर्नेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply