Ticker

6/recent/ticker-posts

पोल्ट्रिफर्मका कुखुरामा नौलो प्रकारको बर्डफ्लु भेटियो

इटहरी, फागुन ।
सुनसरीको इटहरी उपमहानगरपालिका खनारस्थित पाथिभरा पोल्ट्रिफर्ममा पालेका अण्डा पार्ने लेयर्स जात र लोकल जातका कुखुरामा नौलो प्रकारको बर्डफ्लु भेटिएको छ ।
कुखुरामा पहिलो पटक भेटिएको बर्डफ्लु सदाझै देखिने भन्दा फरक रहेको बताइएको छ । पोल्ट्रिफर्ममा पालेका बोइलर कुखुरामा एचफाइभ एम एट प्रकारको बर्डफ्लु भेटिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख शिवराम महतोले बताए ।
नौलो प्रकारको कुखुरामा लाग्ने बर्डफ्लु यसअघि भारतको दिल्ली र हैदरावादमा मात्र भेटिएको थियो । इटहरीको तालतलैया पर्यटक क्षेत्रमा रहेका चराचुरुङीमा बर्डफ्लू भेटिए लगत्तै खनारमा पनि कुखुरामा बर्डफ्लु भेटिएको हो ।
बर्डफ्लु भेटिएपछि यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला पशुसेवा कार्यालय सुनसरीको संयुक्त टोलीले संक्रमित कुखुरा नष्ट गरेको छ ।
बर्डफ्लु भेटिएका पोल्ट्रिफर्ममा रहेका २ हजार ५ सय २५ लेयर्स र २६ वटा लोकल जातका कुखुरा नष्ट गरिएको छ । बर्डफ्लु भेटिएपछि सुनसरी जिल्लाभर सतर्कता अपनाईएको छ ।

Post a Comment

0 Comments