काठमाडौंबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको तीर्थयात्री बोकेको स्कार्पियो भ्यान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा. ८ च १५६१ नम्बरको जीप प्युठानको भिङ्ग्री–६ रुमालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन जना गम्भी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जना महिला र एक जना पुरुष रहेको जनाइए पनि उनीहरुको पहिचान भने खुल्न सकेको छैन । दुर्घटनाको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
0 Comments