Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाण्डौ । ग्रामर पब्लिक स्कूल कोटेश्वरमा अध्ययन गरेका मण्टेश्वरी ३ लेवलका साना विद्यार्थीको दिक्षान्त समारोह आयोजना गरिएकोे छ । उनीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले दिक्षान्त प्रमाणपत्र बाँड्नुभएको थियो । उनीहरु अब १ कक्षामा भर्ना भएका छन । दिक्षान्त कार्यक्रममा ती साना विद्यार्थीले गीत, नृत्य तथा नाटक प्रस्तुत गर्दै कार्यक्रमलाई रमाइलो बनाएका थिए । त्यस अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल राई, भोलाहरि धिताल, निर्जला श्रेष्ठ र विद्यार्थी रसिया सुब्बाले बोल्नुभएको थियो ।  

एसईई परीक्षा दिएका काव्यका विद्यार्थीको विदाई
 हालै सम्पन्न विद्यालय शिक्षा परीक्षा (एसईई) दिएका काव्य स्कुल नयाँबानेश्वरका ५३ विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै सम्मान तथा विदाई गरिएको छ । नापी विभागका पुर्व महानिर्देशक एवम् विश्व निकेतन स्कुलका पुर्व प्राचार्य बेखालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, अध्यक्ष धर्मेन्द्रप्रकाश राजभण्डारी, निर्देशकहरु रिजन खड्का, प्रेमराज अर्याल, सुनिलकुमार घर्ती र दिलिप थापा लगायतले विद्यार्थीहरुलाई, टिका, खादा र विद्यालयको तर्फबाट उपहार दिएर विदाई गर्नुभएको थियो ।  


कार्यक्रममा प्रमुख अतिथि नापी विभागका पुर्व महानिर्देशक एवम् विश्व निकेतन स्कुलका पुर्व प्राचार्य बेखालाल श्रेष्ठलाई विद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा शिक्षावीद एवम पुर्व जिल्लाशिक्षा अधिकारी हरिबाबु पोखरेल,काठमाण्डौ शिक्षालयका प्राचार्य चन्द्र खडका, शिक्षकहरु ठमनाथ लम्साल र गणेश दाहाल तथा विद्यार्थीहरु दिया वरुण दिया घिमिरे, सन्देश सिटौला रसृष्टिका बास्कोटाले बोलेका थिए ।
   
ग्रामरका विद्यार्थीको विदाई

यसैबीच ग्रामर पब्लिक कलेजमा कक्षा १२ र बिबिएस चौथो वर्षको अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई मा कलेजले मंगलबार एक कार्यक्रमको आयोजना गरेको छ । ग्रामर फाउण्डेशनका अध्यक्ष पुरन्जन राई प्रमुख अतिथि तथा ग्रामर पब्लिक स्कुल÷कलेज व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईको सभापतित्वमा सो कार्यक्रम आयोजना गरिएको थियो । 

 
विदाई कार्यक्रममा संस्थापक प्रिन्सिपल राजकुमार राई लगायतका वक्ताहरुले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै समाजमा प्रतिष्ठित हुने गरि असल नागरिक बन्न र आफ्नो कामप्रति जिम्मेवार र लगनशील हुन आग्रह गर्नुभयो ।त्यस अवसरमा ग्रामर फाउण्डेशनका अध्यक्ष पुरन्जन राई , ग्रामर पब्लिक स्कुल÷कलेज व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई,विद्यालयका निर्देशकहरु दिलेन्द्रकुमार राई भरतकुमार राई, नेतृत्व विकास निर्देशक जीवन खड्का,प्रवन्ध निर्देशक युवराज राई, सञ्चालक समितिका सचिव यादवचन्द्र वान्तवा, राजेन्द्र राई, विद्यालयका भाइस प्रिन्सिपल सुर्दशन पाण्डेले विद्यार्थीहरुलाई टिका, खादा तथा उपहार दिनुभएको थियो । 
यसैगरि कलेजका फ्याकल्टी कोअर्डिनेटर ज्योति मिश्र, व्यवस्थापन इन्चार्ज आशालक्ष्मी श्रेष्ठ, परीक्षा संयोजक आनन्दकला राई,परामर्शदाता पुरुषोत्तम भट्टराई र बिबिएस फ्याकल्टी सदस्य एवम् स्वर्णिम तारा विद्या सदनकी प्रिन्सिपल पुष्पकला राईले पनि विद्यार्थीलाई उपहार तथा वधाई दिनुभएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरु विपुल मैनाली, अन्जिता धमला, सहदेव श्रेष्ठ र पुजा प्रधानले आआफ्नो अनुभव बाँडेका थिए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply