Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
कैलाश कटुवाल र रेखा थापामा फरक यति हो, चलचित्रबाट रेखा थापा अचानक राजनीतिमा प्रवेश गरेकी छन् भने कैलाश कटुवाल पनि राजनीतिबाट चलचित्रमा प्रवेश गरेकाछन् । संयोग जुरेकै भन्छन सुन्नेहरु, नेपाली चलचित्रकी चलाख नायिका थापा राप्रपामा प्रवेश गरेकै क्षणमा केन्द्रीय सदस्यमा बाजि मारिन । यता युवा परिचालन,राजनीतिमा खप्पीस र आकर्षक जिउँडालका धनी कटुवालले पनि चलचित्रमा हाम फालेको पहिलो पटकमा नै बाजि मारेका छन् ।
कारण उनले खेलेको चलचित्र प्रेम गीत–२ सफलतापूर्वक रिलिज हुने साँझ बिहानमा पुगेको छ । रेखा थापाको राजनीतिमा जीत हुँदा यता कैलाश कटुवालको पनि चलचित्रमा हित हुने भएको छ । कारण केन्द्रीय सदस्य जिताउन महत्वपूर्ण भुमिका खेलेका कटुवाललाई रेखाले पनि चलचित्रमा भूमिका दिने सोंच बनाई सकेकी छन् । तर, कटुवालले आफुले कस्तो भूमिका पाए खेल्ने र थापाले कस्तो भूमिका दिने भन्ने टुंगो लागेको छैन् । तर, कैलाशजस्तो पात्र चलचित्रमा आवश्यक रहेको भन्दै रेखाले प्रशंशा समेत गरी सकेकी छन् ।
एउटै माउँ पार्टी भित्र रहेका थापा र कटुवालको राजनीतिमात्र हैन, अब कलाकारीता पनि जम्ने पक्कापक्की भएको छ । नायिका थापालाई जिताउन घुमाउरो भुमिका खेलेका कटुवालले अन्नतः रेखा थापाको जित पछि आफ्नो पनि हित हुने चलख्याई गरेको हुनुपर्छ । कटुवाल युवाहरुलाई परिचालन गर्ने कुरामा खप्पिस छन् ।
उनले खेलेको प्रेम गीत–२ को छायाङ्कन थाईल्याण्ड र बर्मामा सकीएको छ भने नेपालका बिभिन्न भागमा गरीदैछ ।  लामो समय अमेरीकाको बसाई पछि नेपालमा केहि गर्ने सोंच लिएर नेपाल फर्केका कटुवालले अन्ततः राजनीति, कलाकारिता र व्यवसायलाई एकैचोटी अगाडि बढाउने भएका छन् ।
यता चलचित्र निमार्णमा खारिएकी नायिका थापाको लागि चलचित्र पुरानो बिषय भए पनि राजनीति नयाँ हा,े भने कटुवालका लागि राजनीति पुरानो भए पनि चलचित्र नयाँ बिषय हो । त्यसैले राजनीति र चलचित्रलाई अगाडि बढाउँने कुरामा सबैले उनीहरुको भूमिकालाई नजिकबाट आँखा लगाएका छन् । त्यसैले दायित्व थपिएको छ भविश्यमा सफल वा असफल आँखा लगाउनेहरुले जवाफ पाउँने नै छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply