Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सिल्पा भने छवीको लुक्स्मा भुतुक्कै !
काठमाडौं, चैत ।  पुराना निर्माता छवि ओझा अहिले दारीवाल भएका छन् । प्रायः मिडियाकर्मी र चलचित्रकर्मीहरुले हल्का दारुवाल निर्माताको रुपमा व्यंग्य गर्ने गरिए पनि उनी अहिले साँच्चै दारीवाल भएका छन् । चिल्लो अनुहारमा झपक्क केही फुलेका र केही फुल्न बाँकी दाह्री पाल्दै  उनी दारीवाल बनेका छन् । दाह्रीको विषयमा प्रश्न गर्दा ओझा ठट्याउँली पारामा भन्छन् ‘मेरो दाह्री अरुलाई किन भारी’ । उनले थपे– ‘बुढो भइयो, सबैले सिनेमाको बा भन्छन्, बा जस्तो देखिन पनि अब दाह्री पाल्नु परेन त ?’ 

सेताम्मे फुलेको दाह्री र जुँगा । आँखामा पावर वाला चस्मा । केही दिन अघि यस्तै रुपमा निर्माता छविराज ओझा देखिए । सोही कार्यक्रममा उनकी हुनेवाला जीवनसाथी नायिका शिल्पा पोखरेल पनि सहभागी थिइन् । निर्माता ओझाको त्यस प्रकारको हुलियाले सबैको ध्यान तानेको थियो । तर शिल्पालाई चाहिं छविको उक्त लुक्सले झन मोहित बनाएको देखिन्थ्यो । उनले गर्वका साथ भनिन् ‘मलाई राम्रो लागेर नै यस्तो हुनु भएको हो’ तपाईंलाई उनको लुक्स कस्तो लागि रहेको छ ? भन्ने प्रश्न सकिन नपाउँदै शिल्पाले उक्त उत्तर दिएकी थिइन् । ‘मलाई दाह्री जुँगा पालेको मान्छे मन पर्छ’ शिल्पाले भनिन् । शिल्पाले यसो भन्दै गर्दा छविराज पनि दंग देखिए । 

उनी केही बोलेनन् । मुस्कुराए मात्रै । छविराजले आफ्नो ब्यानरको पछिल्लो फिल्म ‘मंगलम’मा शिल्पालाई सोलो हिरोइन बनाएका छन्, जहाँ शिल्पा निर्मात्रीको रुपमा समेत रहेकी छिन् । उक्त चलचित्र अहिले राजधानीको एफडी स्टूडियोमा निर्देशक नवल नेपालले सम्पादक अर्जुन जिसीलाई लिएर चलचित्रको धमाधम सम्पादन कार्य गरिहेका छन् । चलचित्र चाडै नै प्रदर्शनमा आउने तयारीमा रहेको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply