Ticker

6/recent/ticker-posts

तिलोत्तमा गोल्डकपः आर्मी फाइनलमा

बुटबल, फागुन ।
नेपाल आर्मी बुटवलमा चलिरहेको १९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको सेमिफाइनलमा आयोजक रुपन्देही–११ लाई टाइब्रेकरमा ४–२ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा दुबैतर्फबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । आर्मीले अब फाइनलमा उपाधिका लागि संकटा क्लबसँग शनिबार खेल्नेछ ।

Post a Comment

0 Comments