डोल्पा, चैत ।
डोल्पाको तल्लो बेल्टमा रहेको श्री मष्टा निम्न माध्यमिक विद्यालयमा फागुनबाटै शैक्षिकसत्र शुरु भएपनि विद्यार्थी न्युनमात्रामा आउने गरेका छन । विद्यालयको अवस्था पनि जीर्ण छ ।
निर्माणाधीन भवन अझै पूर्ण छैन । अर्कोतर्फ पाठ्यपुस्तक अझै आइपुगेको छैन । ५ सम्म सरकारी र बांकी तह गाविसको स्रोतले चलाउने गरिएपनि अभिभावकको सहयोग नहुँदा विद्यालयले उल्लेख सुधार गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर रोकायाले बताउनुभयो । विद्यालयमा विद्यार्थी २ सय विद्यार्थी छन भने दश जनामात्रै शिक्षक/शिक्षिका छन ।
0 Comments