Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

स्वास्थ्यमन्त्री थापाको निर्णय कस्तो ? 

-बलराम प्यासी
भक्तपुर, २४ फागुन । तीनहप्तासम्म कार्यालय प्रमुख वीहिन बनेकोे राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रका निर्देशक डा.शरच्चन्द्र वर्मालाई ल्याइएको छ भने आर्थिक चलखेल गर्दै क्षयरोगको बारेमा शुन्य ज्ञान भएका वालरोग विशेषज्ञ डा.आरपि विक्षालाई ८ देश संलग्न रहेको सार्क क्षयरोग केन्द्रको प्रमुख बनाइएपछि विरोध शुरु भएको छ । 

गैरविशेषज्ञ र केन्द्रका कर्मचारीको विरोधका कारण नेपाल सरकारको राष्ट्रिय क्षयरोग केन्द्रमा आउन नसकेका डा.विक्षा स्वास्थ्यमन्त्री गगन थापाको गलत निर्णय र आर्थिक चलखेलले गर्दा ८ देश संलग्न रहेको सार्क क्षयरोग केन्द्रका निर्देशक हुन पुगे । डा.विक्षाले राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक बन्न २५ लाख रुपैया खर्च गरेको तर दुर्भाग्यका कारण सार्क क्षयरोग केन्द्रको निर्देशक बन्न पुगेकोमा उनी दुःखी छन् । 

आर्थिक चलखेलका कारण सरकारले राजदूत नियुक्तिमा गलत व्यक्ति सिफारिस गरेजस्तै सार्क क्षयरोग केन्द्रमा पनि गलत व्यक्तिको नियुक्ति भएको यसक्षेत्रमा काम गर्ने विशेषज्ञहरु बताउँछन् । डा.विक्षाको नियुक्तिपछि स्वास्थ्यमन्त्री गगन थापाको छवि पनि धमिलिन पुगेको र उनको भावी राजनीतिलाई पनि असर पार्ने निश्चित छ । 


नेपाल सरकारको कुनैपनि स्वास्थ्य निकायमा १० वर्ष काम गरेको कन्सल्ट्याण्ट चेष्ट फिजिसियन अर्थात वरिष्ठ छातीरोग विशेषज्ञ मात्रै सार्क क्षयरोग केन्द्रको निर्देशक बन्न पाउने केन्द्रको नियम सन् २००५मा पारित भएको थियो । यसअघि राष्ट्रिय क्षयरोग केन्द्रको प्रमुख नै सार्क क्षयरोग केन्द्रको पनि प्रमुख रहने व्यवस्था थियो ।

सार्क क्षयरोग केन्द्रका निर्देशकले सार्क सदस्य मुलुकमा क्षयरोग तथा एचआईभि एड्सको नीति निर्माण गर्ने, कार्यक्रम बनाउने, विभिन्न वैठकको अध्यक्षता गर्ने लगायतका थुप्रै जिम्मेवारी निभाउनुपर्ने हुन्छ ।
पाकिस्तानका परराष्ट्रवीद अहमद हुसेन बि.सियाल सार्क सचिवालयको महासचिव नियुक्त भएकै दिन (मार्च १) मा स्वास्थ्य मन्त्रालयले अघिल्लो दिनको मिति राखेर डा.विक्षालाई सार्क क्षयरोग केन्द्रको निर्देशक नियुक्त गरेको थियो । उनी गत शुक्रबारदेखि कार्यालय आउन थालेका छन् । स्थानीय निकायको नर्वाचनको मिति तोकिएपछि निर्वाचन आचारसंहिता लाग्ने भएकोले स्वास्थ्य मन्त्रालयले त्यसको १ दिन अघिको मितिमा उनलाई नियुक्त गरेको हो । 

आर्थिक अनियमितताको कारण राष्ट्रिय क्षयरोग केन्द्रका तत्कालिन निर्देशक डा.विकास लामिछानेलाई गत माघ २३ गते स्वास्थ्य मन्त्रालयले वालस्वास्थ्य महाशाखामा सरुवा गरेपछि केन्द्र प्रमुख वीहिन बनेको थियो । सो ठाउँमा कान्ति वाल अस्पतालका वालरोग विशेषज्ञ डा.विक्षालाई पठाउने स्वास्थ्य मन्त्रालयले तयारी गरेपछि केन्द्रका ४६ कर्मचारीमध्ये ४२ जनाले सामुहिक हस्ताक्षर गर्दै गत माघ २४ गते मन्त्री गगन थापा, राज्यमन्त्री तारामान गुरुङ्ग र स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उपे्रतीलाई ज्ञापनपत्र बुझाउँदै केन्द्रमा छातीरोग विशेषज्ञ नै पठाउनुपर्ने अन्यथा आफुहरु आन्दोलनमा उत्रिने दवाव दिएका थिए । 

केन्द्रमा १०औं तहका वरिष्ठ छातिरोग विशेषज्ञ डा.मोहन प्रसाईलाई केन्द्रको प्रमुख बनाउन केन्द्रका कर्मचारीहरुले माग पनि गरेका थिए । तर स्वास्थ्यमन्त्री थापा, केन्द्रका यसअघिका निर्देशक डा.लामिछाने र उनको समूह, मन्त्री थापाका साँहिला ससुरा डा.केदार नरसिंह केसी लगायतको समूहले भने कुनैपनि हालतमा डा.प्रसाईलाई केन्द्रको निर्देशक बनाउन नदिन लागि परेका थिए । 

सोही अनूरुप सो समूहले आउँदो असार १५ गते सेवा निवृत्त हुन लागेका सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रका निर्देशक एवम् छातिरोग विशेषज्ञ डा.वर्मालाई राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा गरि सार्कमा डा.विक्षालाई सरुवा गर्न सफल भयो । जसको अहिले व्यापक विरोध भईरहेको छ भने मन्त्री थापाले पारिवारिक वन्धनमा परेर गलत निर्णय गरेको केन्द्रकै काँग्रेस निकट कर्मचारी बताउँछन ।

यसैबीच राष्ट्रिय क्षयरोग कार्यक्रमलाई धरापमा पार्ने भनेर उपनाम पाएका केन्द्रका उपसचिव नारायण दाहाल, तथ्यांक अधिकृत अनिल थापा, एलएचएल नर्वेका कर्मचारी गोकुल मिश्र र पव्लिक हेल्थ नर्स कमला वाग्लेलाई २ दिनको भत्ता दिनेगरि सेभ द चिल्ड्रेन र नेदरल्याण्ड टिबि फाउण्डेशनले वालरोग विशेषज्ञहरु मात्रै सहभागी हुन पाउने दुईदिने गोष्ठीमा सहभागी गराएको छ । 

राजधानीको नक्सालस्थित खागी दरवार (जापानी होटेल) मा मंगलबारदेखि शुरु भएको सो गोष्ठीमा ती ४ जना गैरविशेषज्ञ बाहेक कान्ति वाल अस्पालत र नेपाल पिडियाट्रिक सोसाइटीमा आवद्ध वालरोग विशेषज्ञ सहभागी छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply