Ticker

6/recent/ticker-posts

गृहमन्त्री निधि भारततर्फः उच्च राजनीतिक भेटघाट समेत गर्ने

काठमाडौ, फागुन ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाँदैछन् । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।
भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्ने स्रोतले जानकारी दियो ।
निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्ने जनाईएको छ ।

Post a Comment

0 Comments