Ticker

6/recent/ticker-posts

पुनर्निर्माणमा खटिएका २०० इन्जिनियरद्वारा राजीनामा

काठमाडौ, चैत ।
भूकम्पपछि पुनर्निर्माणमा खटिएका झण्डै २०० इन्जिनियरहरूले राजीनामा दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलका अनुसार राजीनामा दिने इन्जिनियरहरुको संख्या झण्डै २०० पुगेको छ ।
ग्रामिण क्षेत्रमा बनेका घरहरु मापदण्ड पूरा नगरेको तर, त्यसलाई स्वीकृत गर्न दबाव आएको भन्दै इन्जिनियरहरुले राजीनामा दिएका हुन् ।
प्राधिकरणका सहायक प्रवक्ता भिष्म भुसालका अनुसार यसरी राजीनामा दिने इञ्जिनियरहरुको संख्या हरेक दिन बढिरहेको छ । सरकारले पुनर्निर्माणको काममा खट्ने इञ्जिनियरहरुलाई अफिसर सरहको तलबभत्ता र ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । तर पनि काम छोडेर जाने क्रम नरोकिएको भुसालले जानकारी दिए ।

Post a Comment

0 Comments