Ticker

6/recent/ticker-posts

पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकिए

काठमाडौ,चैत ।
सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो ।
मन्त्रालयले शुक्रबार ४८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो ।
मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

Post a Comment

0 Comments