Ticker

6/recent/ticker-posts

म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

म्यान युनाइटेड, चैत ।
म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रसियन क्लब एफसी रोस्तोभलाई १–० ले हराएसँगै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मिडफिल्डर पाउल पोग्बालाई ४७ मिनेटमा चोटका कारण गुमाएको म्यानचेष्टर युनाइटेड केही दबाबमा आएको थियो । पाग्बालाई गुमाएको म्यानचेष्टर युनाइटेडले गोल गर्न ७० मिनेटसम्म कुर्नु पर्‍यो । म्यानचेष्टर युनाइटेडको जितमा जुवान माटा नायक भए ।
माटाले ७० औं मिनेटमा हेनरिक माखाटार्यानले डिबक्स भित्र निकालेको पासलाई जाल्टन इब्राहिमोबिचले मिलाइदिएपछि माटाले गोल गरेका थिए । माटाको यो सिजनको १० औं गोल हो ।
माटाको गोलसँगै क्यावटरफाइन प्रवेश गरेको म्यानचेष्टर यसअघि सन् १९८५ मा युरोपा लिगको पुरानो नाम युएफ कपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

Post a Comment

0 Comments