Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौ, चैत ।
भेरीमालिका–३ जाजरकोटका कांग्रेस युवा नेता रवीन्द्र शाहको हत्याको बिरोधमा नेबिसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले काठमाडौं उपत्यकासहित देशभर चरणबद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शाहको जाजरकोट जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच–छ जनाको समूहले घेरा हालेर गएराति ढुंगा प्रहार गरी हत्या गरेको थियो । सो समूहले आक्रमणपछि भिरबाट दुई सय मिटर तल खसाइदिएको थियो ।
प्रहरीले चार–पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जानकारी आफूहरुले पाएको नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् ।
घटनाबारे छलफल गर्न बुधबार बिहान नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । बैठकले चक्काजाम र ज्ञापन पत्र बुझाउने लगायतका चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
नेविसंघ केन्द्रीय अध्यक्ष महरका अनुसार बुधबार दिउँसो २ बजे त्रिचन्द्र क्याम्पस अगाडि बिरोध प्रदर्शन गरिएको छ । यसैगरी आजै देशभरका सबै जिल्लामा पनि क्याम्पस अगाडि बिरोध प्रदर्शन गरिएको अध्यक्ष महरले जानकारी दिए ।
१७ गते बिहान ९ बजे देशभरका क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने र १८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने अध्यक्ष महरले जानकारी दिए । जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply