Ticker

6/recent/ticker-posts

नेपाल ओलम्पिक कमिटीको ताला खुल्यो, राणापक्ष कार्यालय प्रवेश

काठमाडौ, चैत ।
लामो समयदेखि लागेको ताला खोल्दै ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यलय रुक्मशमशेर राणा पक्षले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी वैधानिक भएको फैसला गरेसँगै सर्वोच्चको निर्णय कार्यन्वयनका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले ११ दिनअघि ओलम्पिक कमिटीको कार्यलयमा तालाबन्दी गरेको थियो ।
मंगलबार प्रहरीको सहयोगमा रुक्मशमशेर पक्षका कार्यबाहक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा गएको नारायणदेव राणा, दावा गुरुङ, लालकुमार लामा, कमल चित्रकार, विजय हमाललगायतको टोलीले ताला खोलेर कार्यालय प्रवेश गरेको हो ।
नेपाली खेलकुदमा लामो समयदेखि रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी र ध्रुवबहादुर प्रधान तथा जीवनराम श्रेष्ठ पक्षको ओलम्पिक कमिटीबीच विवाद रहँदै आएको थियो । सर्वोच्चले अघिल्लो महिना जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै रुक्मशमशेर राणको कमिटी वैधानिक भएको फैसला गरेको थियो ।

Post a Comment

0 Comments