Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

तनहुँ,फागुन ।
तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षकी सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । श्याम्घा–१ का ५२ वर्षका ति आरोपीलाई मंगलबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताए ।
पाहुना बनेर आएका आरोपिले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ ।  राति एक्कासि बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन् । स्थानीय बासिन्दाको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै आरोपिलाई नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक पाण्डेले बताए ।
बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । आरोपिविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply