Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर, फागुन ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावको अर्थ नबुझ्नेहरुले राजनीति गर्नु व्यर्थ रहेको टिप्पणी गरेका छन् । नेता पौडेलले अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचनको महत्व मधेसवादी दलहरुले बुझ्न नसक्ने हो भने उनीहरुले राजनीति गर्नुको कुनै तुक नरहने टिप्पणी समेत गरे ।
मधेसी मोर्चाले लोकतान्त्रिक प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरका रुपमा स्थानीय तहको निर्वाचनलाई लिनुपर्ने नेता पौडेलको भनाइ छ । मधेसवादी दलले स्थानीय चुनावको महत्व बुझ्नुपर्ने पौडेलले बताए ।
बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले लोकतान्त्रिक गणतन्त्रका मेरुदण्ड संघीयता, समावेशिता, गणतन्त्र र लोकतन्त्रलाई बचाइ राख्नका लागि पनि वैशाख ३१ गते निर्वाचन अनिर्वाय रहेको बताए ।
नेता पौडेलले मधेस केन्द्रित दलहरुले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि चुनावमा भाग लिन अनिवार्य रहेको बताए । पहिला संविधान संशोधन भन्दा पनि स्थानीय तहको निर्वाचन अनिर्वाय भएको भन्दै उनले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मधेसवादी दल निर्वाचनमा जानुपर्ने बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply