Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,चैत ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन मंगलबार रातिबाट स्वत फिर्ता हुने भएको छ । तर, मोर्चाको समर्थन फिर्ताले सरकार अल्पमतमा भने पर्ने छैन ।
मधेसी मोर्चाले फागुन २५ गते प्रधानमन्त्री प्रचण्डलाई पाँचबुँदे ज्ञापन पत्र बुझाएको थियो । जसमा ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए आफूहरुले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने बताएको थियो ।
मोर्चाले दिएको सातदिने म्यादमा न त संविधान संशोधन विधेयक पास भएको छ, न उसले माग गरेको जस्तो वैशाख ३१ को चुनाव नै स्थगित भएको छ ।
‘मंगलबार रातिबाट हामीले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुनेछ । हामीले फेरि भेटेर भनिराख्नु पर्दैन,’मोर्चाका एक नेता लक्ष्मणलाल कर्णले भनेः‘सरकार अल्पमतमा नपर्ने भएकाले सभामुखलाई लेखेर दिनु परेन । यो राजनीतिक विषय मात्र हो ।’
मधेसी मोर्चाले समर्थन फिर्ताको चेतावनी दिएलगतै राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा लगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो बहुमत सुुरक्षित गरेका छन् । अब छिट्टै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि सरकारमा लैजाने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
यसैबीच, मधेसी मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता भएको भोलिपल्ट आन्दोलन घोषणाको तयारी गरेको छ । यसका लागि भोलि बुधबार बैठक बोलाइएको छ ।
बैठकको अघिल्लो दिन सचिवालय बैठकले आन्दोलनको प्रस्ताव तयार पारेको छ । उसले चैतमहिनाभर प्रचारात्मक र दबावमुलक कार्यक्रम अघि सारेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply